तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देश सम्हाल्ने पार्टी जनताकै माझमा बसेको छ : अध्यक्ष ओली

1.3K
shares

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा (एमाले) मात्र रहेको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा अध्यक्ष ओलीले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने पनि बताए । देशमा भएको तोडफोड, आगजनी र विध्वंसबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी एमाले जनताकै बीचमा रहेको बताए ।

देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताए । उनले जनताका बीचमा गएर काम गर्ने, देशलाई समृद्धिको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धि गर्ने पार्टी कुन हो नेपाली जनताले चिनिसकेको समेत बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका छन् ।अध्यक्ष ओलीको गृहनगरबाट नै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports