तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रियतावाद र देवत्वकरण रास्वपाकै लागि घातक

1.53K
shares

 

काठमाडौ । निर्वाचनको मिति आउन एक हप्तामात्र बाँकी रहेको बेला राजनीतिक दलहरु आ आफ्नो तर्फबाट चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् । तर जनताले भने त्यति उत्साह देखाएका छैनन् । आखिरी किन भने प्रश्न अहिले उठिरहेको छ । चुनावी घोषणापत्रमा मुख्य दलहरुले सार्वजनिक गरेका कतिपय विषयहरु राजनीतिक इच्छाशक्ति भएको खण्डमा पुरा गर्न सकिने खालका छन् भने कतिपय विषयहरु पुरा गर्नै नसकिने खालका रहेका छन् । निर्वाचनका बेला मात्र जनताकहाँ पुग्ने पुरानै प्रवृत्तिले जनतामा निराशा छाएकोे छ ।
पुराना र नयाँ भनिएका राजनीतिक दलहरु मध्येका नेपाली कांग्रेस, नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा उठाएका विषयहरु केही सकारात्मक रहेका छन् भने रास्वपा लगायतका अन्य दलले त्यसमा पनि रास्वपाले प्रियतावादलाई नै मुख्य विषय बनाएर एक व्यक्तिलाई देवत्वकरण गर्ने गरी घोषणापत्र जारी गरेको छ । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा संलग्न रहेको भन्दै विभिन्न अदालतमा मुद्दा विचाराधिन रहेको र उनी धरौटीमा मात्र रिहा भएकाले रास्वपाले प्रियतावाद र देवत्वकरण गर्ने प्रयास गरेको हो ।
रास्वपाको मुख्य योजना भनेको जसरी भएपनि सत्ता कब्जा गर्ने नै हो । आफ्ना सभापति मुद्दामा जेलिएका हुनाले सहकारी ठगी सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दाबाट छुटकारा पाउनै र रास्वपाको गुमेको प्रियतावादलाई पुर्नस्थापित गर्न उसले बालेन साहलाई आफ्नो पार्टीको वरिष्ठ नेता बनाउँदै झापा ५ मा अध्यक्ष केपी ओलीसँग निर्वाचन लड्न त्यहाँ पठाएको हो ।
उसले अहिले बालेनलाई प्रियतावाद र देवत्वकरण गरिरहेको छ । एउटा व्यक्तिलाई देवत्वकरण गरेर संस्थाले कहिल्यै सफलता पाउन सक्दैन । रास्वपाको नीति सिद्धान्त विचार के हो ? त्यो अहिले सम्म जनताले थाहा पाउन सकेका छैनन् । उसले भिडतन्त्र जम्मा गर्नु नै आफ्नो सफलता ठानेको हुनाले र प्रियतावाद र देवत्वकरण गरेर सत्ता हत्याउने सपना देख्नु उसैको लागि घातक हुन सक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports