तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय

1.08K
shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ ।

केन्दीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भूसाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।त्यसैगरी श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन शमशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरिएको जानकारी दिए ।आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाही स्वरुप २५ हजार रुपैया जरिवाना तिराउने नर्णय गरेको हो ।‘आचारसंहिता उल्लङ्घनको उजुरी परेका छन् । उजरी परेर मात्र पनि हुँदैन आयोगलाई कारबाही गर्नको लागि प्रमाण पनि चाहिन्छ । मान्छेले कसैलाई दु:ख दिनको लागि पनि बिना प्रमाण अरुको नाम पोलिदिन पनि सक्छ । अहिले हामीले दुई जना उम्मेदवारलाई र एक राजनीतिक दललाई २५ हजार जरिवाना तिराएका छौं,’ उनले भने ।

आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टिकरण सोधिएको जानकारी दिए । तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुन: स्पष्टिकरण सोधिएको पनि जबराले जानकारी दिए ।‘दुई जना कर्मचारीलाई सचेत गराएका छौं । र आचारसंहिता ख्याल नगरेर एउटा संस्थानले कर्मचारीलाई निकालिदिएको भन्ने उजुरी परेको थियो । उनीहरुलाई पुनर्बहाली गर्न आयोगले निर्देशन दिएको छ,’ उनले भने, ‘अहिले देशभर सरदर ३ सय जना उम्मेदवारलाई स्पष्टीकरण सोधेका छौं । केन्द्रीय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टीकरण सोधिएको छ । ६ जनाको स्पष्टीकरण चित्त नबुझेको कारण फेरी सोधिएको छ । ५७ जनाबाट जवाफ प्राप्त भएको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports