सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको नेतृत्व परिवर्तन बारे त्तकाल निर्णय हुने सम्भावना छैन : झाक्री

949
shares

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समिक्षा गरिने बताएकी छन् । राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएकी हुन् ।

उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समिक्षा हुन्छ । बैठकको समिक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ । हामी कहाँ चुक्यौँ, के गर्नुपथ्र्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौँ भन्ने विषयमा समिक्षा गर्न बाँकी छ ।’ त्यस्तै उनले पार्टी नेतृत्व परिवर्तनको विषयमा तत्काल कुनै निर्णय नभएको पनि स्पष्ट पारिन् ।

‘तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यसबारे एजेण्डा नै बनेको छैन । पार्टीको बैठक बिना एजेण्डा बन्दैन,’ उनले भनिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ । उक्त निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत बालेन शाहसँग पराजित भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports