ग्लोबल आइएमई बैंकले युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने
वि.सं.२०८२ चैत २ सोमवार ०९:०९
shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।
बैंकले ग्लोेबल मनी विक २०२६ को अवसर पारेरसातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।
बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनी टक्स’ लाई आत्मसाथ गरी मार्च १६ देखि मार्च २२ सम्म बैंकका विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्नेछ ।यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्रीहरु उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरुमार्फत् पनि प्रसाारण गर्नेछ ।
वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन् ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।





























