जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछाने विरुद्धको मुद्धा हेर्दाहेर्दैमा, बिहिबार फेरी सुनुवाइ हुने

1.21K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा गएको छ ।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा लगातार ३ दिन सुनुवाइपछि पनि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो ।रिटमाथिको अर्को सुनुवाइ चैत ५ गते बिहीबार हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले लोकान्तरलाई जानकारी दिए ।

लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा यथावत राखी बाँकी दुई अभियोग नलाग्ने भनी महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते अभियोगपत्र संशोधन गरेकी थिइन् ।

सो संशोधनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र अभियन्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए ।यो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports