रास्वपाका २ नवनिर्वाचित सांसद विरुद्ध मुद्धा दायर
वि.सं.२०८२ चैत ४ बुधवार ०८:३४
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।
सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो।सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा (एमाले) कै उम्मेदवार अम्बरबहादुर रायमाझीले उनीहरूलाई निर्वाचित घोषणा गर्ने आयोगको निर्णय बदर गरेर आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्। उनीहरू कालोसूचीमा रहेको भन्दै अयोग्य भएको दाबी गरेका छन्।
रिटमार्फत निर्वाचन आयोगको निर्णय खारेज गरी आफूहरूलाई विजयी घोषणा गर्न माग गरिएको छ भने शपथ रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ।यस विषयमा अदालतले चैत २५ गते सुनुवाइ गर्ने तय भएको छ।







































