जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गत भाद्र २४ गतेको घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउने सरकारको निर्णय

520
shares

काठमाडौं । सरकारले गत भदौ २४ गतेको घटनाको छानबिनका लागि एक साताभित्र उच्चस्तरीय समिति बनाउने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार आज सार्वजनिक गरिएको शासकीय सुधारका एक सय कार्यसूचीमा उक्त दिनको घटनाको सत्यतथ्य छानबिनका लागि समिति बनाउने निर्णय गरेको हो ।

उक्त समितिलाई घटनाको सम्पूर्ण विवरण सङ्कलन गर्ने, गहिरो विश्लेषण गर्ने र घटनाका लागि जिम्मेवार पक्षको पहिचान गर्ने जिम्मेवारी दिइने र सिफारिस अनुसार कारबाही थालिने उल्लेख छ ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाउने पनि कार्यसूचीमा उल्लेख छ ।

विभिन्न घटना र विषयमा बनेका आयोगका प्रतिवेदनहरू केवल अभिलेखमा सीमित हुने र कार्यान्वयन नहुने समस्या हटाउन ३० दिनभित्र त्यस्ता प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रशासनिक र अभियोजन प्रक्रिया सुरू गरिने कार्यसूचीमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports