सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको रिहाइको माग गर्दै एमालेले ७७ वटै जिल्ला प्रशासनमा बुझायो विरोधपत्र

546
shares

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा विराेधपत्र बुझाएको छ । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा  विराेधपत्र बुझाएका हुन् ।

गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि  विराेधपत्र बुझाउने निर्णय गरेको थियो ।

ललितपुर र काठमाडौँमा नारा जुलुससहित प्रशासन कार्यालय पुगेर एमालेले  विराेधपत्र बुझाएको थियो । सो क्रममा एमालेका नेता कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports