नेपाली काँग्रेस : देउवा – शेखर कोइराला पक्षको छुटै भेला बोलाइयो
वि.सं.२०८२ चैत १६ सोमवार ११:००
shares

काठमाडौँ । नेपाली कांग्रेसका शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरले समानान्तर गतिविधि आयोजना शुरु गरेका छन् ।
पार्टीका कार्यबाहक सभापतिकौ हैसियतमा पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाईसहितको कार्यक्रम आयोजना गरेका छन् ।आज दिउँसो १२ बजे धुम्बाराहीको स्मार्ट होटलमा प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई बधाईका लागि बोलाइएको हो ।
यसमा देउवा पक्षका शीर्ष नेताहरू पनि सहभागी हुने बताइएको छ ।उता, यसअघि नै शनिबार सानेपामा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रशिक्षण कार्यक्रम गरिसकेको थियो । केपी ओली र रमेश लेखक पक्राउ प्रकरणमा खड्काले कार्यबाहक सभापति भन्दै विज्ञप्ति जारी गरेपछि कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो ।































