संसदको अधिवेशन चैत १८ गते बोलाउने सरकारको तयारी
वि.सं.२०८२ चैत १६ सोमवार १६:११
shares

सरकारले प्रतिनिधि सभाको बैठक बोलाउने तयारी गरेको छ।
सोमबार सांसदसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद् अधिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन्। छलफलमा सहभागी सांसदहरूका अनुसार, चैत १८ गते संसद् अधिवेशन बोलाउनका लागि तयारी गरिएको छ।
आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी रहेको छ। मन्त्रपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने व्यवस्था छ।
नवनिर्वाचित सांसदले पनि संसद् अधिवेशन बोलाउन माग गर्दै आएका छन्। गत फागुन २१ गतेको निर्वाचनबाट आएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हुनेछ।
































