निजी क्षेत्रका सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयको काँग्रेसले गर्यो संसदमै विरोध
वि.सं.२०८२ चैत २५ बुधवार १८:०३
shares

काठमाडौँ । नेपाली कांग्रेसले सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई दिन नपाउने सरकारको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले सरकारको यो कदम उदार अर्थतन्त्रको नीति र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै विरोध जनाएका हुन्।
उनले निजी क्षेत्रलाई उपेक्षा गरेर प्रेस स्वतन्त्रता र व्यावसायिकताको रक्षा हुन नसक्ने तर्क समेत गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बुधबार सचिवस्तरीय निर्णय गर्दै संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको थियो।































