सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युनियन लाफलको जिबन आवरण बिमा योजना साबॅजनिक

507
shares

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट यस योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । ।

कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोड सम्म र बोनस रकम उपलब्ध हुनेछ ।

उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैयाँ देखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेको छ । साथै न्युनतम ७ बर्ष देखि अधिकतम २५ बर्ष सम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधा समेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।

कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports