सेना र रास्वपा सरकारमाथि एमाले नेता बादलका ८ प्रश्न
वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:५४
shares

काठमाडौं । मंगलबारको संसद बैठकमा नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको नीति तथा कार्यक्रममाथि विभिन्न आठ प्रश्न गरेका छन् ।
उनले सोमबार संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आज चलिरहेको छलफलमा क्रममा एमाले नेता बादलले ती प्रश्नको नीति तथा कार्यक्रमले जवाफ दिन नसकेकोप्रति दुःख व्यक्त गरे ।उनले भने, ‘सम्माननीय राष्ट्रपतिमार्फत आएको सरकारको १०० बुँदे नीति तथा कार्यक्रमले केही गम्भीर कुराको जवाफ दिन सकेको छैन ।’
यस्ता छन् बालदका प्रश्न–
१. राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ?
२. देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ?
३. लिपुलेकमा अतिक्रमण हुँदा बेखबर हुँदा त्यही सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ?
४. असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?
५. निरंकुश पञ्चायत ढाल्दा शहीद विद्यार्थी गणतन्त्रका लागि लड्दा आफ्नो जागिर गुमाउने शिक्षक, कर्मचारी र पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकार बलात् खोसिँदा यो नीति तथा कार्यक्रमको घण्टी किन बज्दैन ?
६. ऋण लिएर विकास हुन्न भन्नेले सरकारको पहिलो बैठकबाटै अर्बौं ऋण स्वीकृत किन गर्छन् ?
७. शिक्षा, स्वास्थ्य, सहकारी आदि नियमनको नाममा बलात् स्वायत्त हनन् हुँदा किन मसानघाटको मौनता ?
८. सुशासन, सुसंस्कार संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिसभाले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सम्मानित सदन, सभामुख किन लाचार र नतमस्तक ?





































