सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम
वि.सं.२०८३ जेठ ३ आइतवार ११:३०
shares

काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ । अघिल्लो दिन पनि ४ हजार रुपैयाँले मूल्य घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार र आइतबार गरी सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार ५ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।




































