गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेन सरकारका पछिल्ला गतिविधिले लोकतन्त्रलाई कमजोर पार्न सक्ने संकेत देखिएको छ : एमाले नेता ज्ञवाली

858
shares

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक संस्थाको गरिमा र सामाजिक न्यायमाथि प्रहार गर्दै अधिनायकवादी दिशातर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन आश्रित स्मृति दिवस तथा ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विमर्श कार्यक्रममा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको बताएका हुन् ।उनले नयाँ सरकार गठन भएको ५० दिन नपुग्दै सरकारले गरेका निर्णय र प्रस्तुत शैलीले आगामी दिनको राजनीतिक दिशा स्पष्ट देखाइसकेको टिप्पणी गरे । ‘दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बादलले देखाइसकेको हुन्छ,’ भन्दै उनले सरकार लोकतान्त्रिक अभ्यासभन्दा नियन्त्रणमुखी शैलीतर्फ उन्मुख भएको आरोप लगाए ।

ज्ञवालीले ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० खारेज गर्ने प्रयास भइरहेको दाबी गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको बताए । उनले श्रमिक, विद्यार्थी र निम्न वर्गका नागरिकका अधिकार क्रमशः संकुचित गरिँदै गएको उल्लेख गरे ।ज्ञवालीले संसद, राष्ट्रपति र न्यायालयजस्ता संवैधानिक तथा निर्वाचित संस्थाहरूको भूमिका कमजोर पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए । उनका अनुसार लोकतन्त्र संस्थागत रूपमा कमजोर बनाइए मुलुक निर्वाचित अधिनायकवादतर्फ जान सक्ने खतरा बढ्नेछ ।

उनले भने, ‘ट्रेड युनियन, स्ववियुहरु खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शाषन गर्ने दुष्प्रयास, सुकुम्बासीमाथि डोजर आतंक, श्रमजीवी वर्गहरुलाई दिएका सामाजिक सुरक्षाका कुराहरुलाई क्रमश कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्था, संसद, राष्ट्रपति न्यायलय जस्ताहरुको अवमूल्यनमार्फत एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको छ ।’उनले वर्तमान परिस्थितिमा बलियो लोकतान्त्रिक प्रतिपक्षको आवश्यकता रहेको उल्लेख गर्दै संसदभित्र संख्यात्मक रूपमा कमजोर भएपनि जनताको साथ र विभिन्न सामाजिक तथा राजनीतिक संस्थाहरूको सहयोगबाट लोकतान्त्रिक मूल्यको रक्षा गर्न सकिने बताए ।

उनले लोकतन्त्र, संविधान र सामाजिक न्यायको रक्षाका लागि अहिलेको समय चुनौतीपूर्ण रहेको उल्लेख गरे । ‘यति दुःख गरेर लामो समयको संघर्षबाट प्राप्त गरेको लोकतन्त्रकको उपलब्धीलाई गुम्न नदिन, संविधानको रक्षा गर्न र सामाजिक न्यायसहितको बाटो तर्जूमा गर्न समयले हामीलाई कठिन अग्निपरीक्षाको लागि उभ्याएको छ,’ उनले भने ।उनले मदन आश्रित स्मृति प्रतिष्ठानको भूमिका केवल सहयोगी र सहकार्यकारी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनलाई समाजका विभिन्न तहबाट सशक्त बनाउनुपर्ने धारणा राखे ।

उनले युवाहरूलाई लोकतन्त्र, सामाजिक न्याय र जनताको अधिकारको पक्षमा सक्रिय हुन आग्रह गर्दै वर्तमान चुनौतीको सामना गर्न राजनीतिक चेतना र संगठित प्रयास आवश्यक रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports