गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान संशोधनको बिषयमा राजनितिक स्टन्ट नगर्न सरकारलाई सभापति थापाको चेतावनी

962
shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयमा राजनीतिक ‘स्टन्ट’ नगर्न सरकारलाई चेतावनी दिएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन आवश्यक भएपनि त्यसलाई लहडको भरमा लोकप्रियता कमाउने माध्यमका रूपमा अघि नबढाउन सरकारलाई चेतावनी दिएका हुन् ।

उनले संविधान प्रत्येक १० वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै संविधान संशोधन प्रक्रिया अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिए । सभापति थापाले सरकारले ‘मैले गर्न खोजेको थिएँ, फलानाले गर्न दिएन’ भन्ने सन्देश फैल्याउनेगरी संशोधनको बहस उठाएको भन्दै आपत्ति जनाए ।

उनले संविधान संशोधन कुनै सनक वा हल्लाको भरमा नभई सम्हालिएर गर्न समेत सुझाव दिए । उनले संविधान संशोधनलाई सहमतिमार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रतिनिधित्व रहने गरी संसदभित्रैबाट सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरे ।संसदबाटै बन्ने संयन्त्रले संविधान संशोधनको विषयमा साझा धारणा बनाउँदा दलहरुबीच विश्वास र सहकार्यको वातावरण बन्ने उनको भनाइ छ ।

उनले भने, ‘संविधान संशोधन गर्ने हो, प्रत्यके दश वर्षमा पुनरावलोकन गनुपर्छ भनेको छ त्यो पनि गर्ने हो । तर संविधान संशोधन बडो सम्हालिएर गर्नुपर्नेछ । कुनै लहडमा, सनकमा हल्ला गरेर होइन । संविधान संशोधनको विषयमा पोलिटिकल स्टन्ट गरेर पनि हुँदैन । मैले यसो विषय राखेको थिएँ फलानोले मलाई गर्न दिएन भनेर हुँदैन । अहिले मलाई लागेको छ गर्न के खोजिएको छ भने यस्तो गर्न खोजिएको जुन कुराले धेरै थपडी पाउँछ । अनि मैले यस्तो गर्न खोजको थिएँ फलानोले गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि । यस्तो कुरा सुन्दा पो रमाइलो हुन्छ । तर हामी यसमा बग्ने कुरा छैन ।

कसले हामीलाई गाली गर्छ भन्ने कुरा हुँदैन । हामी नेपाली काँग्रेस हो । हामी ठिक र सत्यको पक्षमा उभिने हो । समर्थन कहिले बढ्ला कहिले घट्ला । आज महत्वपूर्ण प्रश्ताव आएको छ । हामीले बाहिर पनि बहस गर्दै जाने र संसदभित्रैबाट राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतिरको प्रतिनिधित्व हुनेगरी सर्वदलीय संयन्त्र बन्यो र त्यसले संविधान संशोधनको कुरा गर्यो भने त्यसले दलहरु जोडिने कुरा र विश्वासका लागि पनि एकदमै ठिक हुन्छ ।’

उनले विगतको राजनीति अनुभवका आधारमा गरेका कयौँ विषयहरु रहेको भन्दै ती विषयलाई अझै समृद्ध बनाउँदै लैजाने कुरामा नेपाली काँग्रेस गम्भीर रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports