आइपीएल : बैंगलोर लगातार दोस्रो पटक आइपीएलको फाईनलमा प्रवेश
वि.सं.२०८३ जेठ १३ बुधवार ०८:१३
shares

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लगातार दोस्रोपटक आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ ।
गएराति धर्मशालामा खेलिएको पहिलो क्वालिफायरमा बैंगलोरले गुजरात टाइटन्स (जीटी)लाई ९२ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा गुजरातले १९.३ ओभरमा १० विकेट गुमाएर केवल १६२ रन मात्र बनाउन सक्यो ।
यो जितसँगै बैंगलोर अब फाइनलको लागि अहमदाबाद जानेछ । यो हारपछि, गुजरातले मे २९ शुक्रबार दोस्रो क्वालिफायर खेल्नेछ ।





































