राप्रपाका महमन्त्री धवल शम्शेर राणा सहित १८३ जना नेताले परित्याग गरे राप्रपा
वि.सं.२०८३ जेठ २१ बिहीवार १५:२१
shares

महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जना नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका छन्।
बिहीबार काठमाडौँमा कार्यक्रम गरी उनीहरूले संयुक्त रुपमा राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन्।
बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारीलगायतले राप्रपा छोडेका हुन्। अर्को चरणमा थप नेताले राप्रपा छोड्ने जनाइएको छ।डा. राणा नयाँ पार्टी गठनको तयारीमा जुटेका छन्। आज राप्रपा छोडेका नेताहरू डा. राणाको नेतृत्वमा नयाँ पार्टीमा जाने भएका छन्।






































