२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आउदो शुक्रवारदेखी सोमवार सम्म देशका यी स्थानमा भारीदखि अति भारी बर्षाको सम्भावना

299
shares

काठमाडौं । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ ।

हाल बंगालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ । यस प्रणालीको मुख्य असर विशेषगरी असोज ९, १० र ११ गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एकदुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए । उनले लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग (नवलपुरसम्म), कर्णालीको पूर्वी भूभाग, र सुदूरपश्चिमका दक्षिणी पहाडी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको उल्लेख गरे ।

बागमती प्रदेशको चितवन आसपास तथा पहिले नै बाढीपहिरोले प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि असर पुर्‍याउन सक्ने उनको भनाइ छ ।मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यो केही दिन पछाडि धकेलिने देखिने महाशाखाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports