२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसियाली खेलकुदमा हाल सम्म कुन कुन देशले कति पदक जिते ?

546
shares

काठमाडौं । चीनले जापानको आइची नागोयमा जारी २०औँ एसियाली खेलकुदको चौथो दिनको खेल सकिँदा पनि आफ्नो अग्रतालाई थप फराकिलो बनाएको छ ।

हालसम्म चीनले ३२ स्वर्ण, १३ रजत र आठ कांस्यसहित ५३ पदक जितेको छ । घरेलु टोली जापानले ११ स्वर्ण, १६ रजत र १९ कांस्यसहित ४६ पदकका साथ चीनलाई पछ्याइरहेको छ ।

दक्षिण कोरिया ६ स्वर्ण, चार रजत र १७ कांस्यसहित २७ पदक जितेर तेस्रो स्थानमा छ । चौथो स्थानको काजकिस्तानले ६ स्वर्ण, एक रजत र पाँच कांस्यका साथ १२ पदक हात पारेको छ ।

थाइल्यान्ड चार स्वर्ण, एक रजत र एक कांस्यसहित ६ पदकका साथ पाँचौँ स्थानमा छ । यसैगरी, हङकङ, ताजकिस्तान, भारत, उज्वेकिस्तान र चाइनिज ताइपेइ क्रमशः पाँचौँ देखि १०औँ स्थानमा छ ।

चौथो दिनको खेल सकिँदासम्म १८ राष्ट्रले स्वर्ण पदक चुम्दा ३४ राष्ट्रले पदक तालिकामा आफ्नो नाम लेखाएका छन् । नेपाल भने हालसम्म पदकविहीन छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports