२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसियाली खेलकुदमा हाल सम्म कुन कुन देशले कति पदक जिते ?

234
shares

काठमाडौं । चीनले जापानको आइची नागोयमा जारी २०औँ एसियाली खेलकुदको चौथो दिनको खेल सकिँदा पनि आफ्नो अग्रतालाई थप फराकिलो बनाएको छ ।

हालसम्म चीनले ३२ स्वर्ण, १३ रजत र आठ कांस्यसहित ५३ पदक जितेको छ । घरेलु टोली जापानले ११ स्वर्ण, १६ रजत र १९ कांस्यसहित ४६ पदकका साथ चीनलाई पछ्याइरहेको छ ।

दक्षिण कोरिया ६ स्वर्ण, चार रजत र १७ कांस्यसहित २७ पदक जितेर तेस्रो स्थानमा छ । चौथो स्थानको काजकिस्तानले ६ स्वर्ण, एक रजत र पाँच कांस्यका साथ १२ पदक हात पारेको छ ।

थाइल्यान्ड चार स्वर्ण, एक रजत र एक कांस्यसहित ६ पदकका साथ पाँचौँ स्थानमा छ । यसैगरी, हङकङ, ताजकिस्तान, भारत, उज्वेकिस्तान र चाइनिज ताइपेइ क्रमशः पाँचौँ देखि १०औँ स्थानमा छ ।

चौथो दिनको खेल सकिँदासम्म १८ राष्ट्रले स्वर्ण पदक चुम्दा ३४ राष्ट्रले पदक तालिकामा आफ्नो नाम लेखाएका छन् । नेपाल भने हालसम्म पदकविहीन छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports