२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसियन गेम्स : नेपालले खोल्यो खाता, तेन्जिङले करातेमा जिते कास्य पदक

143
shares

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे । तेन्जिङले युकोबाट ६ अंक र इप्पोनबाट ३ अंक जोडे ।

यसअघि क्वाटरफाइनलमा तेन्जिङ मकाउका खेलाडी विरुद्ध १-० ले पछाडि रहँदा विपक्षीले गरेको गल्तीका कारण तेन्जिङ विजेता तोकिएका थिए ।यससँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports