२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे ग्रिनल्यान्ड र डेनमार्कसँग महत्वपूर्ण सम्झौता

65
shares

न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको महासभामा सम्बोधनलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ग्रिनल्यान्ड र डेनमार्कका नेताहरूसँग भेट गर्दै महत्त्वपूर्ण सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्।

ट्रम्पका अनुसार यो सम्झौता लामो समयदेखि बन्ने क्रममा थियो। उनले सम्झौतामा हस्ताक्षर गर्ने तीन पक्षले ‘लामो समयदेखि अद्भुत सम्बन्ध’ बनाएको बताए।ग्रिनल्यान्ड एक स्वायत्त क्षेत्र हो, तर यो डेनमार्क साम्राज्यको हिस्सा हो। डेनमार्कले मुख्यतया यसको विदेश नीति मामिला सम्हाल्छ।

सम्झौताको थोरै विवरण खुलासा गरिएको छ। यद्यपि आफ्नो भाषणमा ट्रम्पले अमेरिकाले ग्रिनल्यान्डमा ‘दुई धेरै ठुला सैन्य अड्डा’ स्थापना गरिने बताए।डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले नयाँ सम्झौताले अमेरिकी सुरक्षा चिन्ता सम्बोधन गर्ने कुरा सुनिश्चित गर्ने बताइन्, विशेष गरी बाह्य शत्रु टापुमा आउन सक्ने चिन्ता।

यसले डेनमार्क र ग्रिनल्यान्डको घरेलु अधिकारको पनि सम्मान गर्छ। ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनले पनि सुरक्षा सम्झौताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।निल्सनले भने, ‘हामी १९५१ को रक्षा सन्धिलाई २०२६ सम्म लागु गर्ने सम्झौतामा हस्ताक्षर गर्दै छौँ। हामी संयुक्त राज्य अमेरिकाको अटल मित्र हौँ, छौं र रहनेछौँ। हामी पश्चिमी गठबन्धनको हिस्सा हौँ। तपाईंको सुरक्षा हाम्रो सुरक्षा हो र हाम्रो सुरक्षा तपाईंको सुरक्षा हो… यो तीनै पक्षका लागि लाभदायक सम्झौता हो।’

यस क्रममा पत्रकारहरूले ट्रम्पलाई बारम्बार सोधे- यो सम्झौता ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने तपाईंको पहिलेको प्रस्तावभन्दा कम हो?तर ट्रम्पले जवाफ दिएनन्।डेनमार्क र ग्रिनल्यान्ड दुवैले ट्रम्पको उक्त प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports