सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थप १,१२८ जनामा कोरोना संक्रमण, १४ जनाको निधन

494
shares

पछिल्लो २४ घण्टामा १,१२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा ६६६ जना र तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कूल एक हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपाल हालसम्म ११ लाख ९ हजार ११४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ८७८ पुगेको छ ।

त्यस्तै, दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ । यो संख्या कूल संक्रमितको ९६ प्रतिशत हो ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।

पछिल्लो २४ घण्टा सबैभन्दा धेरै काठमाडौंमा २०३ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाका अन्य जिल्लाहरू ललितपुर र भक्तपुरमा क्रमश: ४५ र १७ संक्रमित थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा २९, कास्की २५, नुवाकोट २०, बाँके १९, झापा १८, सुनसरी १६ र दाङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports