२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा सांसद ज्ञानेन्द्र शाहीको अपिल बागमती प्रदेशका सांसद पदमुत्त नभएको जिकिर

689
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसद पदमुक्त भइसकेको भन्दै प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

शाहीले पार्टीले सम्बन्धित सांसदमाथि कारबाहीका लागि बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र बुझाएको भन्दै निवेदन दिँदैमा सांसद पदमुक्त नहुने स्पष्ट गरेका छन् ।उनले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म सांसद पदमुक्त भएको भनेर प्रचार गर्नु उचित नहुने बताएका छन् ।

शाहीले पार्टीका आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउँदा पार्टी कमजोर हुने टिप्पणी गरेका छन् । पार्टीले कारबाही प्रक्रिया अघि बढाउन सक्ने भए पनि कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मान्न नसकिने उनको भनाइ छ ।उनले सम्बन्धित सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएको उल्लेख गर्दै उनीहरूको पदको आधार जनताको मत रहेको बताएका छन् ।

“भावनामा होइन, तथ्यमा बोलौँ । गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ,” शाहीले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports