२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढीमा बेपत्ता ६४४ पर्यटक, कुन कुन देशका कति ?

507
shares

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ६ सय ४४ जना पर्यटक तथा तीर्थयात्री सम्पर्कविहीन भएका छन् । तीमध्ये एक सय २७ जना नेपाली र पाँच सय १७ जना विदेशी पर्यटक रहेको नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा सबैभन्दा धेरै एक सय ७८ जना भारतीय पर्यटक छन् । त्यसपछि अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, जर्मनी र रुसका आठ–आठ, सिंगापुरका नौ, लाटभिया र दक्षिण अफ्रिकाका ६–६ जना छन् ।

यस्तै, जापान र न्यूजिल्यान्डका पाँच–पाँच, फ्रान्सका चार, बेल्जियम र स्पेनका तीन–तीन, इटाली र आयरल्यान्डका दुई–दुई तथा बेलारुस, बुल्गेरिया, फिनल्याण्ड, हंगेरी, इजरायल, कजाकिस्तान, लिथुआनिया, नेदरल्याण्ड, फिलिपिन्स, पोर्चुगल, सर्बिया, स्विडेन र स्विट्जरल्याण्डका एक–एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports