बाढी पहिरोका कारण यी मार्ग अवरूद्ध रहेका छन
वि.सं.२०८३ भदौ १३ शनिवार १०:००
shares

काठमाडौँ । देशभर भइरहेको अविरल वर्षा र बाढी-पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार उपत्यका छिर्ने मुख्य नाकादेखि पहाडी जिल्ला जोड्ने सडकहरूमा आवागमन प्रभावित भएको छ।
काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द गरिएको छ। यसले गर्दा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्रायः छ।
इलाम जिल्लाको मेची राजमार्ग अन्तर्गत राजदुवाली (झापा–ताप्लेजुङ सडक) क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।


































