आज शुक्रवार सुनचाँदीको मूल्य बढयो, कतिमा हुदैँछ कारोवार ?
वि.सं.२०८३ भदौ १९ शुक्रवार १६:५१
shares

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार चार सय र चाँदीको मूल्य चार हजार सात सय ६५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य चार हजार सात सय २५ रुपैयाँ कायम भएको थियो ।




































