भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेन सरकारमाथि नै खनिए रास्वपाकै सांसद र जेनजी अभियान्ताहरू

377
shares

काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन मंगलबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले बालेन साह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

भोटेकोशी बाढीको उद्धार तथा राहतमा देखिएको सुस्ततादेखि जेनजी स्मृति कार्यक्रमको व्यवस्थापनसम्मलाई लिएर उनीहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका हुन् । रास्वपा महामन्त्री विपिन आचार्य, सचेतक क्रान्तिशिखा धिताल र सांसद अमरेश सिंहले सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन् ।

महामन्त्री आचार्यले ‘अहङ्कारः विनाशस्य मूलम्’ भन्दै सरकारप्रति सांकेतिक टिप्पणी गरे । उनले लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम् । अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports