भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ

156
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकिएको छ । यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ ।त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ कायम भएको छ ।

बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला २ सय ५५ रुपैयाँले घटेको हो । बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports