ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले आयल निगमको मुख्यालय घेराउ
वि.सं.२०८३ भदौ २६ शुक्रवार १७:५०
shares

काठमाडौँ। खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी सङ्गठनहरूले शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभए पछि आयल निगमको मुख्यालय अगाडी प्रदर्शन गरेका हुन्।
उनीहरूले “घरमा हाम्रो बास छैन किनभने ग्यास छैन” लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिन्डर सहित प्रदर्शन गरेका थिए।आयल निगम भने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भएको बताउँदै आएको छ । बाटो अवरुद्ध भएसँगै वैकल्पिक मार्गबाट ग्यास ल्याउने व्यवस्था गरिएको निगमले दाबी गर्दै आएको छ।
सडक नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको छ। तर बजारमा देखिएको दृश्य भने आपूर्ति तथ्यांकअनुसार सहज छैन।
































