भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिलेको सरकार छापा-मार सरकार जस्तो देखियो, धेरै टिकदैन : अध्यक्ष ओली

416
shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सञ्चारमाध्यमको खिलापमा रहेको बताएका छन् । वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी प्रस्तुत भएको बताएका हुन् ।

नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई ‘छापा-मार’ को संज्ञा दिए ।‘मैले देख्दा त अहिलेको सरकार ‘छापा-मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन- छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ ओलीले भने ।

अध्यक्ष ओलीले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय स्पष्ट पारे ।ओलीले भने, ‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports