भोली भाद्र ३१ गतेदेखी भारतबाट थप ६० बुलेट ग्यास ल्याइने एक हप्ता भित्र ग्यास अभाव हटने मन्त्रीको दावी
वि.सं.२०८३ भदौ ३० मंगलवार १८:३८
shares

काठमाडौं । सरकारले भारतबाट दैनिक १६० बुलेट ग्यास आयात गर्ने भएको छ ।
अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागिएको उद्योगमन्त्री दीपक साहले बताएका छन् ।यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औसत ९० देखि ९५ बुलेट मात्रै नेपाल आइरहेको छ । त्यसमाथि कृष्णभिरमा गएको पहिरोका कारण राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो ।
हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डरहरू काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।नवनियुक्त उद्योग मन्त्री साहले आज आयल निगममै गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझेका थिए । मन्त्रीको निर्देशन अनुसार निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको जनाइएको छ ।
नेपालको माग बमोजित थप दैनिक ६० बुलेट ग्यास दिन आइओसी तयार भएको मन्त्री साहले जानकारी दिए । अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने उनको दाबी छ ।




































