विश्वले हिमालको मृत्युघण्टा अहिले नसुने, कहिले सुन्ने रु
वि.सं.२०८३ भदौ १८ बिहीवार १०:१४
shares

अतिवर्षा भएकै थिएन, भोटेकोशीमा बाढी भयो, त्रिशूलीमा मिसिएपछि महाकाल बन्यो, महाबिपत्ति भोग्नुप¥यो । यसपछि यतिबेला तर्क वितर्क उठिरहेका छन् कि हिमाल र हिमाली क्षेत्रका ताल नै नेपालका लागि जोखिमयुक्त छन् । जलवायु परिवर्तन, औद्योगिकीकरणले तापक्रम बढ्नु, हिमानदी टुक्रिनु, पग्लिनु, चट्टान खस्नु र प्राकृतिक बाँध फुट्नु अकल्पनीय प्राकृतिक विपदको कारण हो ।
भदौ १० गते हिमालले खबरदारी ग¥यो, मृत्यघण्ट बजाइदियो । प्रकृतिले धेरैचोटी यस्ता मृत्युघण्ट बजाएको हो, हामीले सुनेनौं । सुने पनि नसुनेझैं ग¥यौं । सचेत हुनुपथ्र्यो, भएनौं । जसको धेरै ठूलो मूल्य देश र जनताले बेहोर्नुप¥यो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को कार्यालय राजधानीमै छ । लामो समयदेखि हिउँ र हिमनदी, जलवायु परिवर्तनका विषयमा अनुसन्धान र यसबारे जानकारी प्रशारित गरिरहेकै छ । इसिमोडले दिएका जानकारीलाई समेत सरकारले फलो गर्न सकेन । जसका कारण हजारौं हजारको ज्धनजनको क्षति भयो, विकासका संरचना ध्वस्त हुनपुग्यो ।
यसकारण प्रश्न उठेको छ– भोलिका दिनमा यस्तै अथवा योभन्दा ठूलो विपत्ति आयो भने के गर्ने रु समयले राष्ट्रका सामु उठाएको यक्ष प्रश्न हो यो । यो सवालको जवाफ आजैदेखि खोज्न थालिहाल्नुपर्छ । जोखिमको मूल्याङ्कन र पूर्वसूचना प्रणालीको लागि सीमापार सहकार्य जरुरी देखिएको छ । हिमालले खबरदारी गरिदियो– हिमाली ताल फुट्यो, भोटेकोशीमा बाढी आयो र यो बाढीले रसुवा, नुवाकोट, गोरखा र चितवनको जनजीवनलाई ध्वस्तनष्ट पारिदियो । यो बाढीको ताण्डवलाई विश्वले देख्यो, जलवायु परिवर्तनको जोखिम कुन हदसम्मको हुनेरहेछ, यस क्षेत्रका ज्ञाता, संस्थाहरूलाई झसङ्ग झस्काएर गएको छ । नेपालले जलवायु परिवर्तनको ठूलै मूल्य चुकाएको छ । धेरै जनधनको क्षति बेहोरेर नेपालले चुकाएको यो मूल्यबारे जलवायु न्यायकर्तासँग न्यायको माग गरिरहेको छ ।
कार्वन उत्सर्जन गर्ने मुलुकका लागि नेपालको यो घटना ताजा र गम्भीर शिक्षा पनि हो । प्रविधिको प्रयोग जरूरी छ, वनको संरक्षण र कार्वनश्रेयको न्यायपूर्ण वितरणमार्फत हिमालयको गरिमा, महिमा र जोखिमसँग सहअस्तित्व मानव जीवनमा कति महत्वपूर्ण रहेछ भन्ने सन्देश पनि दिएको छ । भोटेकोशी बाढीले नेपाली जीवनमा मात्र शोक र भोक बढाएको छैन, मानवीय संवेदनलाई नै रूवाएको छ । प्रकृतिको यो ताण्डवले मान्छेमात्र होइन, हिमाल, पहाड र देशका पूर्वाधार पनि घाइते भएका छन् । धेरै विषयमा सोच्न बाध्य पारिदिएको छ । हामीले प्रकृतिसँग खेलबाड ग¥यौं, सन्तुलन बिगा¥यौं, जसले बिनाशकारी परिणाम भोग्न अभिशप्त बनेका हौं । विश्वका सामु वातावरणीय संवेदनशीलता जरूरी देखियो ।
जलवायु परिवर्तन मुख्य मुद्दा हो । पृथ्वीको तापक्रम बढेको छ । बेमौसी वर्षा, फूल फुल्ने, फल लाग्ने भइरहेको पनि देखेका छौं । सेतो हिमाल कालाम्मे हुँदैछ । हामीले प्रकृतिको बरदान भनेर प्रकृतिलाई लुटिरह्यौं, प्रकृतिलाई दिनैपर्ने सुरक्षा दिएनौं, असुरक्षित आफै बन्यौं । प्रकृतिबाट समृद्धि खोजिरह्यौं, प्रकृतिलाई दोहन गरिरह्यौं । वायु मण्डलको विषयमा सोचेनौं । यसैको दुस्प्रभाव हिमालदेखि समुद्रसम्म फैलियो । जलवायु परिवर्तनको असर भोग्ने मध्येमा नेपाल पनि छ । हाम्रा हिमालहरू जलवायु परिवर्तनका असरहरू बोकेर खण्डित, बिखण्डित हुँदैछन् ।
नेपालको यो खति, क्षतिको आवाज, क्षतिपूर्तिको आवाज विश्वमञ्चसम्म पु¥याउनु पर्छ । नेपालले हिमालको संरक्षण, जलवायु अनुकूलन, प्रविधि हस्तान्तरण, पाउनैपर्ने न्यायपूर्ण क्षतिपूर्तिका विषयमा समेत विश्वसामु आवाज उठाउनै पर्ने देखिन्छ । भदौ २३ गते, सेप्टेम्बर ८ देखि न्यूयोर्कमा राष्ट्रसंघको शिखर सम्मेलन हुँदैछ । नेपालले त्यो मञ्चबाट अन्तर्राष्ट्रिकरण गर्न जरुरी देखिन्छ । विश्वका नजरमा पारिनुपर्छ कि भोटेकोशीको बाढीले गरेको बिनासलीलाका दृश्यहरू विनाशकारी छन् । पानी, बरफ, माटो र ढुंगासँगै मान्छेको जीवन, सपना सबै बाढीको भेलमा हिमालयदेखि उपत्यकाहरूमा बग्यो । घर, सहर, सडक र पुलहरू बगाए । मानिस कहाल्लीएका थिए, तिनलाई प्रतिक्रिया दिने समय नै थिएन । फेरि एकपटक, पुस्तौँदेखि यी हिमालसँगै बस्ने मानिसहरू आफ्नो नियन्त्रणभन्दा बाहिरका प्राकृतिक शक्तिसँग जुधिरहेका छन् । प्रकृतिसँग समन्वय नगर्दा मानिसले भोग्ने यस्तै बिपत्ति रहेछ । नेपालले उद्धार र राहतपछि पुननिर्माण गर्नुछ । त्रिशुली सभ्यता, हिमालको संरक्षण गर्नुछ । असलमा जलवायु परिवर्तनले हिन्दुकुश–हिमालय तात्दैछ । हिउँ पग्लदै छ, हिमनदीहरू फुट्दैछन् । हिमतालको शान्तस्थिति बदलिएको छ । जसले समाजलाई अस्थिरतामा धकेल्दैछ । चरम वर्षा, चरम घाम, चरम मानिसको लापरवाहीले विपत्तिका खतराहरू दिनदिनै बढ्दै गएका छन् । झण्डै दुई अर्व मानिस हिमाल र नदीप्रणालीसँग गाँसिएका छन् । हिमाल जीवन पनि हो, मृत्यु पनि । इसिमोडको अनुसन्धानका बारेमा पनि विश्वलाई अवगत गराउनुपर्नेछ ।
नेपालमा आएको बाढीको महाविपद् प्राकृतिक बिपद् थियो, बदलिदो हिमाली वातावरणको थियो ।
विज्ञहरु भन्छन्– पृथ्वीमा तापक्रम बढ्दै गएको छ । त्यसको परिणामस्वरूप हिउँ, बरफ र चट्टानको ठूलो मात्रा एकैपटक खस्ने जोखिम छ । त्यस्तो सामग्रीले नदी थुन्ने, अस्थायी ताल वा बाँध बनाउने र पछि त्यो बाँध फुट्दा भदौ १० मा भोटेकोशीमा आएकोजस्तो अकल्पनीय बाढी आउनसक्छ । जलवायु परिवर्तनले भयानक बम बिस्फोट भएझैं बाढी उत्पन्न गर्ने र शान्त हिमाली प्रणालीलाई बिथालिदिएको छ ।
भोटेकोशीको बाढीले अपार धनजनको, पूर्वाधारको बिनष्ट गरेर गएको छ । यसकारण यस्ता विपद् आउनु अघि नै जोखिम थाहा पाउनुपर्ने र सावधानी अपनाउनु पर्ने उपायहरुको अवलम्बन गर्नुपर्ने भएको छ । यो चुनौती आजको मात्र होइन, भविष्यका लागि पनि हो ।
नेपालको कार्बन उत्सर्जन नाममात्रको छ । तर यसको सजाय नेपालले पाएको छ । दुस्प्रभाव नेपालमा परेको छ । विकसित मुलुकको कार्बन उत्सर्जन र जलवायु परिवर्तनको प्रभावले हिमनदी पग्लिने, हिमताल बढ्ने, पहिरो र आकस्मिक बाढीको जोखिम बढ्ने तथा हिमाली पूर्वाधार असुरक्षित पार्ने काम भएको छ । नेपाली जनजीवन, पूर्वाधार, विकास र जलवायु न्यायको गम्भीर विषय हो ।
यसकारण हिमालको आवाज राष्ट्रसंघमा गुन्जिनुपर्छ ।
विश्वका बैज्ञानिकहरुले नेपालमा उभिएर हिमाली विज्ञानका विषयमा अध्ययन र अनुसन्धान गर्न सक्छन् ।
विश्वशक्तिको प्रतिस्पर्धा होलान्, राजनीतिक र कूटनीतिक द्वन्द्व पनि छन् । तर हिमालले खोज्ने जलवायु परिवर्तन र प्रकृति र मानिसवीच सन्तुलन नै हो ।
हिमाली देश नेपाल हिमालयमा जलवायु परिवर्तनका परिणामहरूबाट सबैभन्दा बढी पर्ने र प्रभावित पार्ने गर्छ । विश्ले बुझ्नुपर्छ, बुझाउनु पर्छ कि नेपाल हिमनदी, नदी, जलवायु, भूगोल, र पर्वतीय जोखिम अध्ययन गर्ने वैज्ञानिकहरूका लागि नेपाल जीवित प्रयोगशाला बन्नसक्छ । नेपालले जलवायु क्षेत्रमा अध्ययन गर्न चाहनेहरुलाई आमन्त्रण गर्नु उचित हुनेछ । नेपालले कुनै प्रतिस्पर्धा गर्नुछैन, नेपाललाई चाहिने सहकार्य हो । सहकार्यका लागि नेपाल तत्पर हुनुपर्छ, तत्परता देखाउनु पर्छ । हिमाल मानिसको जीवनसँग गाँसिएको विषय हो ।
नेपालमा भोटेकोशीको महाविपदबारे विश्वलाई थाहा भइसक्यो । हिमाल, हिमाली जनजीवन, पानीको विषयमा विश्वलाई गुहार्न बिर्सनु हुन्न । राष्ट्रसंघको १९५५ देखिको सदस्य नेपालले सेप्टेम्बर ८ मा सुरू हुने ८१औं बैठकमा नेपालले अगुवाई लिएर हिमाली जनजीवन, जलवायु परिवर्तनमा विश्वको ध्यान आकर्षित गरेर नेपालले भोगेको प्रलयजस्तै महाविपदबारे विश्वलाई गुहार्ने अवसर पनि छ । विश्वले नेपालमा के के भयो, कसरी महाकाल बनेर बाढी आयो, जलवायु परिवर्तनबारे नेपालको धारणा के छ रु सबै कुरा बुझ्न उत्सुक छन् । हुन त विश्वले नेपाललाई मानवीय सहयोग गरिरहेका छन् । नेपाल सरकारको तर्फबाट सम्पूर्ण जानकारी लिन विश्व समुदाय आतूर पनि छन् । यसकारण यो अवसर नेपालले गुमाउनु हुन्न । नेपालका लागि विश्व समुदायको साथ सहयोग र सहकार्य अति जरुरी छ ।






























