यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वले हिमालको मृत्युघण्टा अहिले नसुने, कहिले सुन्ने रु

949
shares

अतिवर्षा भएकै थिएन, भोटेकोशीमा बाढी भयो, त्रिशूलीमा मिसिएपछि महाकाल बन्यो, महाबिपत्ति भोग्नुप¥यो । यसपछि यतिबेला तर्क वितर्क उठिरहेका छन् कि हिमाल र हिमाली क्षेत्रका ताल नै नेपालका लागि जोखिमयुक्त छन् । जलवायु परिवर्तन, औद्योगिकीकरणले तापक्रम बढ्नु, हिमानदी टुक्रिनु, पग्लिनु, चट्टान खस्नु र प्राकृतिक बाँध फुट्नु अकल्पनीय प्राकृतिक विपदको कारण हो ।
भदौ १० गते हिमालले खबरदारी ग¥यो, मृत्यघण्ट बजाइदियो । प्रकृतिले धेरैचोटी यस्ता मृत्युघण्ट बजाएको हो, हामीले सुनेनौं । सुने पनि नसुनेझैं ग¥यौं । सचेत हुनुपथ्र्यो, भएनौं । जसको धेरै ठूलो मूल्य देश र जनताले बेहोर्नुप¥यो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को कार्यालय राजधानीमै छ । लामो समयदेखि हिउँ र हिमनदी, जलवायु परिवर्तनका विषयमा अनुसन्धान र यसबारे जानकारी प्रशारित गरिरहेकै छ । इसिमोडले दिएका जानकारीलाई समेत सरकारले फलो गर्न सकेन । जसका कारण हजारौं हजारको ज्धनजनको क्षति भयो, विकासका संरचना ध्वस्त हुनपुग्यो ।
यसकारण प्रश्न उठेको छ– भोलिका दिनमा यस्तै अथवा योभन्दा ठूलो विपत्ति आयो भने के गर्ने रु समयले राष्ट्रका सामु उठाएको यक्ष प्रश्न हो यो । यो सवालको जवाफ आजैदेखि खोज्न थालिहाल्नुपर्छ । जोखिमको मूल्याङ्कन र पूर्वसूचना प्रणालीको लागि सीमापार सहकार्य जरुरी देखिएको छ । हिमालले खबरदारी गरिदियो– हिमाली ताल फुट्यो, भोटेकोशीमा बाढी आयो र यो बाढीले रसुवा, नुवाकोट, गोरखा र चितवनको जनजीवनलाई ध्वस्तनष्ट पारिदियो । यो बाढीको ताण्डवलाई विश्वले देख्यो, जलवायु परिवर्तनको जोखिम कुन हदसम्मको हुनेरहेछ, यस क्षेत्रका ज्ञाता, संस्थाहरूलाई झसङ्ग झस्काएर गएको छ । नेपालले जलवायु परिवर्तनको ठूलै मूल्य चुकाएको छ । धेरै जनधनको क्षति बेहोरेर नेपालले चुकाएको यो मूल्यबारे जलवायु न्यायकर्तासँग न्यायको माग गरिरहेको छ ।
कार्वन उत्सर्जन गर्ने मुलुकका लागि नेपालको यो घटना ताजा र गम्भीर शिक्षा पनि हो । प्रविधिको प्रयोग जरूरी छ, वनको संरक्षण र कार्वनश्रेयको न्यायपूर्ण वितरणमार्फत हिमालयको गरिमा, महिमा र जोखिमसँग सहअस्तित्व मानव जीवनमा कति महत्वपूर्ण रहेछ भन्ने सन्देश पनि दिएको छ । भोटेकोशी बाढीले नेपाली जीवनमा मात्र शोक र भोक बढाएको छैन, मानवीय संवेदनलाई नै रूवाएको छ । प्रकृतिको यो ताण्डवले मान्छेमात्र होइन, हिमाल, पहाड र देशका पूर्वाधार पनि घाइते भएका छन् । धेरै विषयमा सोच्न बाध्य पारिदिएको छ । हामीले प्रकृतिसँग खेलबाड ग¥यौं, सन्तुलन बिगा¥यौं, जसले बिनाशकारी परिणाम भोग्न अभिशप्त बनेका हौं । विश्वका सामु वातावरणीय संवेदनशीलता जरूरी देखियो ।
जलवायु परिवर्तन मुख्य मुद्दा हो । पृथ्वीको तापक्रम बढेको छ । बेमौसी वर्षा, फूल फुल्ने, फल लाग्ने भइरहेको पनि देखेका छौं । सेतो हिमाल कालाम्मे हुँदैछ । हामीले प्रकृतिको बरदान भनेर प्रकृतिलाई लुटिरह्यौं, प्रकृतिलाई दिनैपर्ने सुरक्षा दिएनौं, असुरक्षित आफै बन्यौं । प्रकृतिबाट समृद्धि खोजिरह्यौं, प्रकृतिलाई दोहन गरिरह्यौं । वायु मण्डलको विषयमा सोचेनौं । यसैको दुस्प्रभाव हिमालदेखि समुद्रसम्म फैलियो । जलवायु परिवर्तनको असर भोग्ने मध्येमा नेपाल पनि छ । हाम्रा हिमालहरू जलवायु परिवर्तनका असरहरू बोकेर खण्डित, बिखण्डित हुँदैछन् ।
नेपालको यो खति, क्षतिको आवाज, क्षतिपूर्तिको आवाज विश्वमञ्चसम्म पु¥याउनु पर्छ । नेपालले हिमालको संरक्षण, जलवायु अनुकूलन, प्रविधि हस्तान्तरण, पाउनैपर्ने न्यायपूर्ण क्षतिपूर्तिका विषयमा समेत विश्वसामु आवाज उठाउनै पर्ने देखिन्छ । भदौ २३ गते, सेप्टेम्बर ८ देखि न्यूयोर्कमा राष्ट्रसंघको शिखर सम्मेलन हुँदैछ । नेपालले त्यो मञ्चबाट अन्तर्राष्ट्रिकरण गर्न जरुरी देखिन्छ । विश्वका नजरमा पारिनुपर्छ कि भोटेकोशीको बाढीले गरेको बिनासलीलाका दृश्यहरू विनाशकारी छन् । पानी, बरफ, माटो र ढुंगासँगै मान्छेको जीवन, सपना सबै बाढीको भेलमा हिमालयदेखि उपत्यकाहरूमा बग्यो । घर, सहर, सडक र पुलहरू बगाए । मानिस कहाल्लीएका थिए, तिनलाई प्रतिक्रिया दिने समय नै थिएन । फेरि एकपटक, पुस्तौँदेखि यी हिमालसँगै बस्ने मानिसहरू आफ्नो नियन्त्रणभन्दा बाहिरका प्राकृतिक शक्तिसँग जुधिरहेका छन् । प्रकृतिसँग समन्वय नगर्दा मानिसले भोग्ने यस्तै बिपत्ति रहेछ । नेपालले उद्धार र राहतपछि पुननिर्माण गर्नुछ । त्रिशुली सभ्यता, हिमालको संरक्षण गर्नुछ । असलमा जलवायु परिवर्तनले हिन्दुकुश–हिमालय तात्दैछ । हिउँ पग्लदै छ, हिमनदीहरू फुट्दैछन् । हिमतालको शान्तस्थिति बदलिएको छ । जसले समाजलाई अस्थिरतामा धकेल्दैछ । चरम वर्षा, चरम घाम, चरम मानिसको लापरवाहीले विपत्तिका खतराहरू दिनदिनै बढ्दै गएका छन् । झण्डै दुई अर्व मानिस हिमाल र नदीप्रणालीसँग गाँसिएका छन् । हिमाल जीवन पनि हो, मृत्यु पनि । इसिमोडको अनुसन्धानका बारेमा पनि विश्वलाई अवगत गराउनुपर्नेछ ।
नेपालमा आएको बाढीको महाविपद् प्राकृतिक बिपद् थियो, बदलिदो हिमाली वातावरणको थियो ।
विज्ञहरु भन्छन्– पृथ्वीमा तापक्रम बढ्दै गएको छ । त्यसको परिणामस्वरूप हिउँ, बरफ र चट्टानको ठूलो मात्रा एकैपटक खस्ने जोखिम छ । त्यस्तो सामग्रीले नदी थुन्ने, अस्थायी ताल वा बाँध बनाउने र पछि त्यो बाँध फुट्दा भदौ १० मा भोटेकोशीमा आएकोजस्तो अकल्पनीय बाढी आउनसक्छ । जलवायु परिवर्तनले भयानक बम बिस्फोट भएझैं बाढी उत्पन्न गर्ने र शान्त हिमाली प्रणालीलाई बिथालिदिएको छ ।
भोटेकोशीको बाढीले अपार धनजनको, पूर्वाधारको बिनष्ट गरेर गएको छ । यसकारण यस्ता विपद् आउनु अघि नै जोखिम थाहा पाउनुपर्ने र सावधानी अपनाउनु पर्ने उपायहरुको अवलम्बन गर्नुपर्ने भएको छ । यो चुनौती आजको मात्र होइन, भविष्यका लागि पनि हो ।
नेपालको कार्बन उत्सर्जन नाममात्रको छ । तर यसको सजाय नेपालले पाएको छ । दुस्प्रभाव नेपालमा परेको छ । विकसित मुलुकको कार्बन उत्सर्जन र जलवायु परिवर्तनको प्रभावले हिमनदी पग्लिने, हिमताल बढ्ने, पहिरो र आकस्मिक बाढीको जोखिम बढ्ने तथा हिमाली पूर्वाधार असुरक्षित पार्ने काम भएको छ । नेपाली जनजीवन, पूर्वाधार, विकास र जलवायु न्यायको गम्भीर विषय हो ।
यसकारण हिमालको आवाज राष्ट्रसंघमा गुन्जिनुपर्छ ।
विश्वका बैज्ञानिकहरुले नेपालमा उभिएर हिमाली विज्ञानका विषयमा अध्ययन र अनुसन्धान गर्न सक्छन् ।
विश्वशक्तिको प्रतिस्पर्धा होलान्, राजनीतिक र कूटनीतिक द्वन्द्व पनि छन् । तर हिमालले खोज्ने जलवायु परिवर्तन र प्रकृति र मानिसवीच सन्तुलन नै हो ।
हिमाली देश नेपाल हिमालयमा जलवायु परिवर्तनका परिणामहरूबाट सबैभन्दा बढी पर्ने र प्रभावित पार्ने गर्छ । विश्ले बुझ्नुपर्छ, बुझाउनु पर्छ कि नेपाल हिमनदी, नदी, जलवायु, भूगोल, र पर्वतीय जोखिम अध्ययन गर्ने वैज्ञानिकहरूका लागि नेपाल जीवित प्रयोगशाला बन्नसक्छ । नेपालले जलवायु क्षेत्रमा अध्ययन गर्न चाहनेहरुलाई आमन्त्रण गर्नु उचित हुनेछ । नेपालले कुनै प्रतिस्पर्धा गर्नुछैन, नेपाललाई चाहिने सहकार्य हो । सहकार्यका लागि नेपाल तत्पर हुनुपर्छ, तत्परता देखाउनु पर्छ । हिमाल मानिसको जीवनसँग गाँसिएको विषय हो ।
नेपालमा भोटेकोशीको महाविपदबारे विश्वलाई थाहा भइसक्यो । हिमाल, हिमाली जनजीवन, पानीको विषयमा विश्वलाई गुहार्न बिर्सनु हुन्न । राष्ट्रसंघको १९५५ देखिको सदस्य नेपालले सेप्टेम्बर ८ मा सुरू हुने ८१औं बैठकमा नेपालले अगुवाई लिएर हिमाली जनजीवन, जलवायु परिवर्तनमा विश्वको ध्यान आकर्षित गरेर नेपालले भोगेको प्रलयजस्तै महाविपदबारे विश्वलाई गुहार्ने अवसर पनि छ । विश्वले नेपालमा के के भयो, कसरी महाकाल बनेर बाढी आयो, जलवायु परिवर्तनबारे नेपालको धारणा के छ रु सबै कुरा बुझ्न उत्सुक छन् । हुन त विश्वले नेपाललाई मानवीय सहयोग गरिरहेका छन् । नेपाल सरकारको तर्फबाट सम्पूर्ण जानकारी लिन विश्व समुदाय आतूर पनि छन् । यसकारण यो अवसर नेपालले गुमाउनु हुन्न । नेपालका लागि विश्व समुदायको साथ सहयोग र सहकार्य अति जरुरी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports