२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काग्रेसले खुल्ला मञ्चमा नै किन गर्दैछ महाधिवेशन ?

585
shares

नेपाली कांग्रेसले १५ औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ।

प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन उद्घाटन र बन्द सत्रलगायत सबै कार्यहरू खुलामञ्चमै हुनेछ।असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन चल्नेछ। त्यसका लागि खुलामञ्च बुकिङलगायत कार्य भएको उनले जानकारी दिए।

‘१५ औं महाधिवेशन ऐतिहासिक ठाउँ, २०३६ सालमा बिपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता र अधिकारका लागि उद्घोष गरेको र गणेशमान सिंहले नेपाली जनतालाई २०४६ सालमा नेतृत्व दिएको ठाउँ खुलामञ्चमा हुँदैछ,’ प्रवक्ता चालिसेले भने, ‘त्यसको प्रतिकात्मक महत्त्व पनि छ। खुलामञ्चमै महाधिवेशनका सबै कार्यक्रम हुन्छ।’

त्यसअघि कांग्रेसले महाधिवेशनका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह, बगैंचा र पार्किङस्थलसमेत बुक गर्न पत्राचार गरेको थियो।उनले महाधिवेशनमा पार्टीका सबै सदस्य र सबै निकायलाई उत्साहजनक सहभागिताका लागि आह्वान गरिएको पनि जानकारी दिए।असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका छ। त्यसपछि गाउँ-नगर, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भएपछि केन्द्रीय महाधिवेशन हुनेछ। प्रदेश र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुनेछ।

‘१५ औं महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। असोज १६ गते १ बजे खुल्ला मञ्चमा उदघाटन सत्र प्रारम्भ हुनेछ,’ प्रवक्ता चालिसले भने, ‘पार्टीको सांगठनिक र राजनीतिक जीवनमा महाधिवेशन प्रक्रिया मात्र नभएर महाउत्सब पनि हो। अत: ३ र ४ गते हुने वडा अधिवेशन र अन्य तहगत अधिवेशनमा उत्साहजनक रूपमा सहभागी हुन कार्यसम्पादन समितिको भदौ २८ को बैठकले क्रियाशील सदस्यहरू, समर्थक तथा शुभेच्छुकहरूलाई आह्वानसमेत गरेको छ।’

यो महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने सहभागी हुने देखिएको छैन। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरू गर्ने गरी बेग्लै कार्यतालिका ल्याएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports