२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढी अपडेट : हाल सम्म १ हजार ३९२ जनाको शव फेला, ४ हजार ८९ जना सम्पर्क बिहीन

520
shares

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ भने चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी कार्य जारी छ ।फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्ग मात्र रहेका छन् । जसमध्ये हालसम्म १०३ वटा शवको सनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ । बाँकी शवको पहिचान र सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार बेपत्ता सूचीमा रहेकामध्ये नेपाली नागरिकतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला छन् ।त्यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला अझै सम्पर्कविहीन छन् ।बाढी प्रभावित क्षेत्रबाट हालसम्म नौ हजार २८७ जना घाइतेको सफल उद्धार गरिएको छ, जसमा छ हजार ४०७ पुरुष, दुई हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन् । उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई हाल सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ ।

बाढीबाट ठूलो मानवीय क्षति भएकाले बेपत्ताको खोजी, घाइतेको उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports