२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिपतम पनि साल्ट ट्रेडिङको सेवा सहज रूपमा हुदैँ चीनी सहित नूनको समस्या छैन

572
shares

कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले कर्पोरेसनले प्राकृतिक वा मनसुनजन्य विपत्, सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका र दुर्गम क्षेत्रमा हुन सक्ने कृत्रिम अभावलाई रोक्न नुन, चिनीलगायतका वस्तुमा सधैँ ‘बफर स्टक’ सुरक्षित राख्ने गरेको जानकारी दिए ।

उनका अनुसार भूकम्प, कोभिड र अहिले बाढीपछिको अवस्थामा पनि अत्यावश्यक खाद्य सामग्रीको आपूर्ति नियमित हुँदै आएको छ । अहिलेको अवस्थामा पनि कर्पोरेसनले १० दिनभित्रै सल्टाउने गरी ग्यास आपूर्ति बढाउन थालेको कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए ।

उनका अनुसार कर्पोरेसनमा तत्काललाई आवश्यक चिनी पर्याप्त मौज्दात रहेकाले चिनी अभाव पनि हुने छैन । भन्सार छुटमा भारतबाट १० हजार टन चिनी ल्याउन प्रक्रिया अघि बढाइसकेकाले यसको आपूर्तिमा पनि समस्या नहुने उनको भनाइ थियो । उनका अनुसार कर्पोरेसनको आफ्नै पहलमा ल्याउन लागेको दुई हजार पाँच सय मेट्रिक टन चिनी वीरगन्ज भन्सारमा आइपुगेको छ ।

आन्तरिक उद्योगबाट खरिद गर्ने १२ हजार मेट्रिक टन आउने क्रममा रहेकाले बजारमा अब चिनीको अभाव नहुने झाले बताए । त्यस्तै उनले आगामी सात महिनाका लागि नुन मौज्दात रहेकाले यसमा पनि कुनै समस्या नहुने स्पष्ट पारे ।

सार्वजनिक–निजी साझेदारीमार्फत सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड २०२० भदौ २७ गते स्थापना भएको हो । सुरुमा मुलुकभर आयोडिनयुक्त नुनको सहज र व्यवस्थित आपूर्ति गर्ने उद्देश्यका साथ स्थापना भएको कर्पोरेसनले अहिले दैनिक उपभोग्य वस्तुदेखि कृषि सामग्री आपूर्तिसम्मको काम गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports