२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइसीसी विश्वकप लिग-२ को अन्तिम सिरिज खेल्ने नेपाली टोलीको नाम सार्वजनिक

91
shares

नेपाल क्रिकेट संघ (क्यान) ले असोज २३ देखि ओमानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिजका लागि नेपालको राष्ट्रिय टोली घोषणा गरेको छ।

नेपाली टोलीमा एसिसी प्रिमियर कप जितेकै खेलाडीहरुले निरन्तरता पाएका छन्। ओपनर कुशल भुर्तेलसहित सोमपाल कामी टोलीमा समावेश छैनन्।यो सिरिजमा नेपाल र ओमानसहित क्यानडाबीच प्रतिस्पर्धा हुँनेछ। लिग-२ साइकलको नेपालले आफ्ना ८ सिरिजका ३२ खेल खेलिसकेको छ।अब ओमानमा चार खेल खेलेसँगै नेपालले लिग-२ का सबै ३६ खेल खेल्नेछ। नेपालले सिरिजमा पहिलो खेल असोज २५ गते क्यानडासँग खेल्नेछ।

लिग-२ का आठ टोलीमध्ये नेपाल २४ अंकसहित अंक तालिकाबाट पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ।लिग-२ मा सबै खेल खेलेको शीर्ष स्थानको स्टकल्यान्डको ३६ खेलबाट ४५ अंक छ। अन्तिम सिरिज खेल्न बाँकी दोस्रो स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक र तेस्रो स्थानको नेदरल्यान्ड्सको समान खेलबाट ३८ अंक छ। तीनै टोलीले शीर्ष चार स्थान पक्का गरेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन्।चौथो स्थानको ओमानको २८ खेलबाट ३१ अंक, पाँचौ स्थानको नामिबियाको ३२ खेलबाट २८ अंक र छैटौं स्थानको क्यानडाको ३२ खेलबाट २५ अंक छ।

नेपाल ३२ खेलबाट २४ अंक जोडेर सातौं र अन्तिम स्थानको युएईको २८ खेलबाट १८ अंक छ।

नेपाली टोली
१ सन्दीप लामिछाने (कप्तान)
२ आसिफ सेख
३ दीपेन्द्र सिंह ऐरि
४ देव खनाल
५ ईशान पाण्डे
६ रोहित पौडेल
७ अर्जुन कुमाल
८ सन्दीप जोरा
९ गुलशन झा
१० बसिर अहमद
११ करण केसी
१२ नन्दन यादव
१३ ललित राजवंशी
१४ साहब आलम
१५ शेर मल्ल

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports