२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैकको १० लाभांश दिन प्रस्ताव पारित

169
shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको शुक्रबार सम्पन्न २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश पारित गरेको छ ।

साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ प्रतिशत नगद लाभांश छ ।सञ्चालक समितिका तर्फबाट बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ ।

समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आवको तुलनामा १५.९० प्रतिशत बढी हो ।यसैगरी बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । स्वीकृत बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।सभामा अध्यक्ष ढकालले सेयरधनीको अटुट विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरे ।उनले सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशन पूर्णपालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहोर्‍याए ।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ उपाधि प्राप्त गरिसकेको छ ।यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कार समेत प्राप्त गरेको छ ।ग्लोबल आईएमई बैंक ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३ सय ४१ शाखा, ३ सय ६६ एटीएम, १ सय ४७ शाखारहित, ६९ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालय सहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दैै आइरहेको छ ।

साथै, बैंक विदेशबाट वैधानिक माध्यम मार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रूपमा स्थापित छ । बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारत लगायत देशबाट औपचारिक माध्यम मार्फत रेमिट्यान्स भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।त्यसैगरी हालैको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई तत्काल राहत र उद्धारका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तथा बैंकका कर्मचारीको १ दिनको तलब बराबर रकम सहित ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports