२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन

754
shares

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ।

दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन , बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ।यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

दसैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports