सोमबार सुनको भाउ तोलाको २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार
वि.सं.२०८३ कात्तिक २ सोमवार १२:०९
shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । हिजो आइतबार तोलामा ४ सय रुपैयाँले गिरावट आएको थियो ।
आज सोमबार सुनको भाउ तोलाको २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार भने तोलाको २ लाख ९० हजार १ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ बढेको छ । आइतबार ५० रुपैयाँ घटेको थियो । आज चाँदी तोलाको ४ हजार १ सय ८५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



































