२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आज देखी सुरू

156
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले अभियानको उद्घाटन गरेका हुन्।

महाधिवेशनको तयारी गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनको अभियान गर्न लागेको प्रवक्ता प्रवक्ता प्रकाश ज्वालाले बताए। अभियानका क्रममा सरकारका जनविरोधी कामको भण्डाफोर गर्ने समेत बताए।उनका अनुसार अभियान आजदेखि मंसिर २५ गतेसम्म चल्नेछ। अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन पनि गर्ने प्रवक्ता ज्वालाले बताए।

हेरौँ १९ बुँदामा

१. नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान तथा राष्ट्रिय हितको संरक्षण र सुदृढीकरणका लागि जनजागरण र जनसहभागिता सिर्जना गर्ने ।

२.लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन, सुशासन, सामाजिक न्याय तथा जनजीविकाका सवालमाजनमत निर्माण गर्ने ।

३. महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति, असुरक्षा तथा जनविरोधी गतिविधिका विरुद्ध जनताको आवाजलाई संगठित गर्ने ।

४. राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा तथा बाह्य हस्तक्षेप र अनुचित चलखेलका विषयमा जनतालाई सचेत बनाउने।

५. प्राकृतिक विपद्, बाढी, पहिरो, डुबान तथा अन्य विपद् बाट प्रभावित जनताको उद्धार, राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्ने ।

६. पार्टीका सम्पूर्ण सदस्यको सदस्यता नवीकरण गरी सदस्यता अभिलेखलाई अद्यावधिक र व्यवस्थित बनाउने।

७. नयाँ सदस्यता विस्तारका सम्भावित क्षेत्र पहिचान गरी योग्य, प्रतिबद्ध र पार्टीको नीति तथा विधानप्रति प्रतिबद्ध व्यक्तिलाई पार्टीमा संगठित गर्ने ।

८. पार्टी तथा जनवर्गीय सङ्गठनका बाँकी संगठनात्मक समायोजन सम्पन्न गरी सबै तहका सङ्गठनलाई व्यवस्थित, सक्रिय, जिम्मेवार र परिणाममुखी बनाउने।

९. टोल तथा बस्तीसम्म राजनीतिक–वैचारिक प्रशिक्षण र जनसम्बन्ध विस्तार गर्ने ।

१०. आगामी महाधिवेशनका लागि पार्टी सदस्य, शुभेच्छुक तथा जनताबाट राजनीतिक, वैचारिक, संगठनात्मक, आर्थिक तथा कार्यशैलीसम्बन्धी सुझाव सङ्कलन गर्ने ।

११. पार्टीभित्र जिम्मेवारी निर्धारण, कार्यसम्पादन, अनुगमन, मूल्याङ्कन, प्रोत्साहन तथा सुधारको व्यवस्थित प्रणाली विकास गर्ने ।

१२. बाँकी रहेका जिल्ला, पालिका तथा वडा तहमा पार्टी कार्यालय स्थापना गरी सङ्गठनको स्थायी कार्यसम्पादन संरचना निर्माण गर्ने ।

१३. वडा–पालिका–जिल्ला–प्रदेश–केन्द्रबीच नियमित, संस्थागत र लिखित रिपोर्टिङ प्रणाली लागू गर्ने ।

१४. पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, तथ्यमा आधारित, व्यवस्थित र आधुनिक बनाउने।

१५. पार्टीभित्र महिला, युवा, विद्यार्थी, श्रमिक, किसान, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका तथा विभिन्न सामाजिक समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने ।

१६. देशभक्त, लोकतान्त्रिक, वामपन्थी, सामाजिक अभियन्ता, नागरिक समाज, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूसँग साझा जनसरोकारका विषयमा संवाद, सहकार्य र समन्वयको वातावरण निर्माण गर्ने ।

१७. स्थानीय तहदेखि केन्द्रसम्मको समग्र राजनीतिक परिस्थिति तथा विभिन्न राजनीतिक दल एवं राजनीतिक शक्तिहरूको अवस्था, भूमिका, प्रभाव र जनआधारको तथ्यगत अध्ययन गर्ने तथा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उनीहरूको सम्भावित भूमिका, स्थिति र प्रभावको वस्तुगत विश्लेषण गरी आवश्यक रणनीतिक आधार तयार गर्ने ।

१८. पार्टीको राजनीतिक कार्ययोजना, विचार र राजनीतिक कार्यक्रमवारे स्पष्ट पार्ने ।

१९. आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी गर्ने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports