नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि बिहीबार देखि भारी वर्षा र हिमपात हुने सम्भावना

533
shares

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि आगामी बिहीबारदेखि भारी वर्षा र हिमपात हुने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश भू-भागमा मौसमी प्रतिकूलता देखिने जनाएको छ। महाशाखाका अनुसार बङ्गालको खाडीमा रहेको ‘अर्णव’ नामक चक्रवात थप शक्तिशाली बन्दै ‘अति शक्तिशाली चक्रवात’ मा परिणत हुने क्रममा छ। यो प्रणाली उत्तर-पश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक ११ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बिचमा पर्ने यानमनजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्नेछ। जमिनमा प्रवेश गरेपछि यस प्रणालीको प्रभाव कात्तिक १२ गते बिहीबारदेखि नेपालमा सुरु हुने र विशेष गरी शुक्रबार तथा शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रहरू बढी प्रभावित हुने देखिएको छ।

कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुने आकलन गरिएको छ। यसैगरी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित मध्यम तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनुका साथै एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। वर्षाका कारण कृषि क्षेत्रमा ठुलो क्षति हुन सक्ने भएकाले महाशाखाले ‘धानबाली भित्र्याउनेलगायतका कृषि कार्य बिहीबारअगावै सम्पन्न गर्न’ किसानहरूलाई अनुरोध गरेको छ। यस अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पर्यटकहरूलाई उच्च हिमाली भू-भागमा नजान र गइसकेको भए सुरक्षित स्थानमा रहन सचेत गराइएको छ।

देशभर चिसो बढ्न सक्ने, सडक छेउछाउ पहिरो जान सक्ने तथा हवाई र सडक यातायात अवरुद्ध भई दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports