नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा आउदो बिहीबार देखी भारी बर्षाको सम्भावना

104
shares

काठमाडौँ – चक्रवात अर्नब आज अपराह्न वा साँझ भारतको बिशाखापटनम आसपासको तटीय क्षेत्रमा पुग्ने देखिएको मौसमविदले बताएका छन्। नेपालमा यसको प्रभाव भोलिदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने बिहीबारदेखि सुरु हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताए।

उनका अनुसार यस प्रणालीको प्रभावले गण्डकीदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान अझै कायमै छ। एउटा मोडेलले अन्य मोडेलभन्दा फरक पूर्वानुमान देखाएकाले धेरै वर्षा हुने हो वा कम मात्रामा तर लामो समयसम्म वर्षा जारी रहने हो भन्नेमा केही अनिश्चितता बढेको उनले बताए।

यद्यपि, सातवटा मोडेलको समग्र पूर्वानुमान हेर्दा नेपालमा भारी वर्षाको सम्भावना अझै देखिन्छ। उनले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports