नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज मंगलवार पनि सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो, कतिमा हुदैँछ कारोवार ?

715
shares

सोमबार तोलामा ३ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ।

सुनको भाउ मंगलबार तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८२ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसअघि गएको आइतबार तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ हिजो ३ हजार रुपैयाँ बढेर २ लाख ८१ हजार ५ सय पुगेको थियो।

त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ। तोलामा २५ रुपैयाँ घटेर चाँदीको भाउ आज ३ हजार ९ सय ७० रुपैयाँमा झरेको हो।हिजो प्रतितोला ४० रुपैयाँ बढेर चाँदीको भाउ ३ हजार ९ सय ९५ पुगेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports