नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त

416
shares

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।

केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका हुन् ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलबाट घिमिरेले नियुक्तिपत्र बुझिसकेका छन् ।

यसअघि स्टाफ कलेजको कार्यकारी निर्देशक पदमा मन्त्रिपरिषद्बाट सीधै नियुक्ति गर्ने अभ्यास रहेकोमा यसपटक खुला प्रतिस्पर्धाबाट छनोटको विधि अपनाइएको थियो । कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकाहरुमध्ये डा. रामप्रसाद घिमिरेसहित गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा र बाबुराम अधिकारी र अञ्जु मिश्र संक्षिप्त सूचीमा थिए ।

तीमध्ये अन्तर्वार्ता, प्रस्तुतीकरण र योग्यता परीक्षण समेतका आधारमा घिमिरे नियुक्त भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports