नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको निधन, ३ जना घाइते

299
shares

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको निधन भएको छ भने तीन जना घाइते भएका छन्।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै निधन भएको थियो। एक जनाको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी स्याङ्जाको वालिङ नगरपालिका-२ निवासी स्कारपियो चालक ६७ वर्षीय दिलीपकुमार बागले, वालिङ नगरपालिका-१० निवासी ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका-१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कुलानन्द पाण्डेको घटनास्थलमै निधन भएको हो।त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका-२ निवासी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका गुल्मीको कालीगण्डकी गाउँपालिका-१ सिरकोटका छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। सोही ठाउँकी गोमता पाण्डे, ५० देखि ५५ वर्ष उमेर समूहकी, हाल स्याङ्जाको वालिङमा बस्दै आएकी उनको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका-१० निवासी बालकृष्ण सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports