नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी २० अन्तर्राष्ट्रिय सन्दीप को ५० बिकेट पुरा

819
shares

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् ।

चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गरेर ५० विकेट पूरा गरेका हुन् ।

सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन् २०१९ को जनवरी ३१ मा युएईसँगको श्रृङ्खलाका क्रममा उनले २ विकेट लिएका थिए । त्यसयता ३ वर्षको अन्तरमा उनले ५० विकेट पूरा गरेका छन् ।

नेपाली खेलाडीका रुपमा विश्वभरका लगभग सबै फ्रेन्चाइज प्रतियोगिता खेलेका सन्दीपले टी–२० क्रिकेटमा १५४ विकेट लिइसकेका छन् भने एकदिवशीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports