कर्णाली याक्स सामु १८७ रनको लक्ष्य
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १९:०६
shares

काठमाडौं । ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङको मद्दतमा विराटनगर किंग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससामु १८७ रनको लक्ष्य खडा गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो ।विराटनगरका लागि ओपनर लोकेशले शानदार प्रदर्शन गरे । उनले ५२ बलमा ८७ रनको योगदान दिए । १६औं ओभरको पाँचौं बलमा कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भएसँग लोकेश एनपीएलमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी बन्नबाट १३ रनले टाढा रहे ।
बलिङमा कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । ४ ओभरमा सोमपालले ३३ रन खर्चिए । सोमपालले लोकेश, आन्द्रे, एन्जेलो र चरिथलाई आउट गराए ।





































