२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलमा काठमाण्डु गोर्खाजको पहिलो जित

195
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ ।

काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । कर्णालीको यो पहिलो हार हो ।१८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।राशिद खानले अर्धशतक बनाउँदै ५० रन जोडे । करण केसीले ४४, आदिल आलमले २० तथा डेभिड वार्नरले १६ रन जोडे । जहानदाद खानले अविजित २२ रनको योगदान दिए ।काठमान्डुले अतिरिक्त १० रन पायो ।

बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई-दुई तथा नन्दन यादव र मार्क वाटले एक-एक विकेट लिए ।त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन जोड्यो ।अरिफुल इस्लामले ४४ रन जोडे । २१ बल खेलेका उनले ५ चौका र तीन छक्का प्रहार गरे । यस्तै हुसैन तलतले ४० रन बनाए ।

अन्तिमतिर ब्याटिङमा आएका गुलशन झाले ११ बलमा २० रन जोडे ।पवन सर्राफ ३० बलमा नटआउट रहे । मार्क वाटले १७ रन जोडे । कर्णालीले अतिरिक्त १३ रन पायो ।बलिङतर्फ काठमान्डुका करण केसीले दुई तथा शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक-एक विकेट लिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports